प्रहरीलाई सफलताः रामेछापमा योजनाबद्ध रुपमा लुटपाट गर्ने चार जना पक्राउ



८ असोज, रामेछाप ।
रामेछाप जिल्लाभित्र योजनाबद्ध रुपमा बन्दुक देखाएर लुटपाट र कडैती गर्ने समुह पक्राउ परेको छ । केही समयअघि रामेछापका एक दर्जन स्थानमा भएको लुटपाट र चोरीको घटनामा संलग्न चार जनालाई जिल्ला प्रहरी कार्यालय रामेछापले पक्राउ गरेको हो । जिल्लाभित्र चोरीको घटनाले नागरिकहरु चिन्तित भइरहेको बेला प्रहरीले लुटराको समुहलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका स्रोतका अनुसार दुई जनालाई काठमाडौंबाट र दुई जनालाई रामेछापबाटै पक्राउ गरिएको बताएको छ । स्रोतले रामेछाप न्युजसँग भन्यो,‘प्रहरीले सुरुकै दिनबाट निगरानी बढाएको थियो, घटनामा संलग्न दोषीको पहिचान गरेर चार जनालाई पक्राउ गर्न सफल भएका छौ, केहीबेरमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गछौं ।’

रामेछापको गोकुलगंगा गाउँपालिका, रामेछाप नगरपालिका लिखु तामाकोसी गाउँपालिकामा यसअघि पसल र घरमा श्रंखलाबद्ध चोरीको घटना भएको थियो । जिल्लाभित्र चोरीको घटना बढेपछि जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी नवराज ढुंगाना आफै अनुसन्धानमा खटिएका थिए ।

विस्तृत समाचार केही बेरमा …..

प्रतिक्रिया दिनुहोस्