रामेछापको बेथानमा बोलेरो गाडी दुर्घटनाः घाइतेलाई काठमाडौं लगियो



 

९ असोज, रामेछाप ।
रामेछापको सुनापति गाउँपालिका–४ बेथान स्थिति पानीघाटको जंगलमा गाडी दुर्घटना हुँदा पाँच घाइते भएका छन् । गाडी दुर्घटनामा परी नेपाली कांग्रेस रामेछापका उपसभापति जितेन्द्र मोक्तान सहित पाँच जना घाइते भएका हुन्  । भोली हुने गाउँ अधिवेनको लागि आज काठमाडौंबाट हिलेदेवी तर्फ जाने क्रममा दुर्घटना भएको स्थानीयले बताएका छन् ।

आज साँझ काठमाडौबाट हिलेदेवि लागि आउंदै गरेको प्रदेश नं.३-०१०२४ च.१४४० नं.को डबल क्याबको बोलेरो अचानक सडकबाट करिब एक सय मिटर तल खस्दा गाडीमा रहेका पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ ।
घाइते हुनेहरुमा सुनापति गाउँपालिका–३ हिलेदवी निवासी जितेन्द्र मोक्तान, हिलेदेवीकै शारदा खत्री, मेघ बहादुर खत्री, जय प्रकाश गौतम र चालक राम कुमार लामा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्