रामेछापको बेथानमा गाडी दुर्घटना हुँदा घाइते भएकी खत्रीको निधन



१० असोज, रामेछाप ।
सुनापति गाउँपालिका–४ बेथान स्थित पानीघाटको जंगलमा गाडी दुर्घटनामा परी घाइते भएकी नेपाली कांग्रेस रामेछापकी क्षेत्रीय प्रतिनिधि शारदा खत्रीको निधन भएको छ । हिजो साँझ काठमाडौंबाट हिलेदेवीतर्फ जादै गरेको बेलेरो गाडी पानीघाटको जंगलमा दुर्घटना हुँदा पाँच जना घाइते भएका थिए । गम्भीर घाइते भएकी खत्रीको धुलिखेल अस्पतालमा उपचारको क्रममा निधन भएको मृतकका आफन्त दिपेन्द्र कुमार कार्कीले जानकारी दिए । उनका अनुसार घाइते मेघ बहादुर खत्रीलाई थप उपचारको लागि विएण्डबी अस्पताल पठाइएको छ भने बाँकी घाइतेको अवस्था सामान्य रहेकाले धुलिखेल अस्पतालमै उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्