रामेछापको दुई नगरपालिका र ६ गाउँपालिकामा कांग्रेसको अधिवेशन सम्पन्न, यी हुन आठ स्थानीय तहका सभापतिहरु ( नामसहित)



१० असोज, रामेछाप ।
नेपाली कांग्रेस रामेछापको गाउँ÷नगरको अधिवेशन सम्पन्न भएको छ । जिल्लाको आठ वटै स्थानीय तहमा सभापतिसहित पदाधिकारी चयनको काम सम्पन्न भएको छ । केही स्थानीय तहमा निर्वाचन मार्फत सभापति चयन गरिएको छ भने अधिकाशं स्थानीय तहमा सर्वसम्म सभापति र पदाधिकारी चयन सम्पन्न भएको जिल्ला निर्वाचन अधिकृत विष्णु लुइँटेलले रामेछाप न्युजलाई बताए ।

आज रामेछाप नगरपालिकामा भएको निर्वाचनमा कमल विक्रम कार्की सभापतिमा निर्वाचित भएका छन् । त्यसैगरी मन्थली नगरपालिकामा शकंर अधिकारी निविरोध सभापतिमा चयन भएका छन् ।
यसैबीच सुनापति गाउँपालिकाको सभापतिमा जनक खड्का निर्विरोध सभापतिम चयन भएका छन भने खाँडादेवी गाउँपालिकाको सभापतिमा तेल घिसिङ चयन भएका छन् ।
लिखु तामाकोसी गाउँपालिकाको सभापतिमा भोजराज खड्का, गोकुलगंगा गाउँपालिकाको सभापतिमा मणिकुमार तामाङ र उमाकुण्ड गाउँपालिकाको सभापतिमा हिक्मत सुनुवार निर्वाचित भएको निर्वाचन अधिकृत लुइँटेलले बताए ।

प्रतिक्रिया दिनुहोस्