रामेछापको आठ स्थानीय तहमा कांग्रेसका पदाधिकारीसहित ३८९ जना निर्वाचित, कुन स्थानीय तहमा कति ?



१२ असोज, रामेछाप । नेपाली कांग्रेस रामेछापको आठ वटा स्थानीय तहबाट सभापति पदाधिकारी र कार्यसमिति सदस्यसहित ३८९ जना निर्वाचित भएका छन् । रामेछापको दुई नगरपालिका र छ वटा गाउँपालिकाबाट पदाधिकारसहितको कार्यसमिति सदस्य निर्वाचित भएका हुन् ।
रामेछापका सहायक जिल्ला निर्वाचन अधिकृत अर्जुन बहादुर श्रेष्ठले जिल्लाको आठ वटा स्थानीय तहबाट ३८९ जना निर्वाचित भएको रामेछाप न्युजलाई बताए ।
उनका अनुसार मन्थली नगरपालिकाबाट सभापतिसहित ७९ जना निर्वाचित भएका छन् । मन्थली नगरपालिकाको नगर सभापतिमा शकंर अधिकारी निर्विरोध निर्वाचित भएका थिए ।
त्यसैगरी रामेछाप नगरपालिकाबाट सभापति, पदाधिकारीसहि ५४ जना निर्वाचित भएका छन् भने रामेछाप नगरपालिकाको नगर सभापतिमा कमल विक्रम कार्की निर्वाचित भएका छन् ।
सुनापति गाउँपालिकाबाट ३४ जना, दोरम्बा शैलुङ गाउँपालिकाबाट ४२ जना, खाँडादेवी गाउँपालिकाबाट ५३ जना, लिखु तामाकोसी गाउँपालिकाबाट ५४ जना, गोकुलगंगा गाउँपालिकाबाट ३९ जना र उमाकुण्ड गाउँपालिकाबाट ४४ जना निर्वाचित भएका छन् । हरेक स्थानीय तहमा एक सभापति, दुई उपसभापति, सचिव र सहसचिवसहितको पदाधिकारी हुने प्रावधान रहेको छ ।

प्रतिक्रिया दिनुहोस्