रामेछापमा नेपाली कांग्रेसको सभापतिमा तीन जनाले उम्मेदवारी दिने



१३ असोज, रामेछाप ।
नेपाली कांग्रेस रामेछापको यही असोज १४ गते हुने जिल्ला अधिवेशनमा सभापतिका लागि तीन जनाले उम्मेदवारी दिने भएका छन् । नेपाली कांग्रेस रामेछापका सभापति लवश्री न्यौपानले पुनः सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । त्यसैगरी यसअघि लवश्री न्यौपानेसँग झिनो मतले मात्र पराजित भएका कृष्ण महतले पनि सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । पार्टीको जिल्ला अधिवेशनको मिति नजिकिदै गर्दै नेताहरुको दौडधुप पनि बढेको छ ।

यस पटक गत प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसबाट उम्मेदवार भएर पराजित भएका पूर्ण बहादुर तामाङ कान्छारामले पनि सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । रामेछापको ६४ वटाबाट १४ सय क्षेत्रिय प्रतिनिधिहरु चयन भएका छन् । असोज १४ अर्थात भोली रामेछाप कांग्रेसको प्रदेश निर्वाचन क्षेत्र क र ख को नेतृत्वको लागि अधिवेशनको मिति तोकिएको छ । रामेछापका सहायक जिल्ला निर्वाचन अधिकृत अर्जुन बहादुर श्रेष्ठले प्रदेश अधिवेशनको लागि सम्पूर्ण तयारी पूरा भएको रामेछाप न्युजलाई बताए ।

प्रतिक्रिया दिनुहोस्