रामेछापमा आज कांग्रेसको क्षेत्रिय अधिवेशनः पदाधिकारी र क्षेत्रिय प्रतिनिधिको लागि निर्वाचन हुँदै



१४ असोज, रामेछाप ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज हिमाली जिल्ला रामेछापमा प्रदेश अन्तर्गतको क्षेत्रिय अधिवेशनमा सहमति हुन नसकेपछि निर्वाचन प्रक्रिया अगाडि बढेको छ । दुई वटा प्रदेश निर्वाचन क्षेत्र रहेको रामेछापमा कांग्रेसभित्र दुई प्यानल बनाएर निर्वाचन प्रक्रिया अगाडि बढेको हो ।

प्रदेश क अन्तर्गत लिखुतामाकोसी गाउँपालिकाको खिम्तीमा र प्रदेश ख अन्तर्गत रामेछापको सदरमुकामसमेत रहेको मन्थलीमा मतदान प्रक्रिया सुरु भएको जिल्ला निर्वाचन अधिकृत विष्णु लुइँटेलले रामेछाप न्युजलाई जानकारी दिए ।

उनका अनुसार प्रदेश क मा ६४५ र प्रदेश ख मा ७६८ गरि कूल १४ सय १३ ले मतदान गदै छन् । निर्वाचनबाट क्षेत्रका ७ जना पदादिकारी चयन हुनेछ । प्रदेश क बाट पदाधिकारीसहित १७ जना र ख मा पदाधिकारीसहित १८ जना क्षेत्रिय प्रतिनिधि निर्वाचित हुने लुइँटेलले जानकारी दिए । जारी निर्वाचन अन्तर्गत क मा ५४ र ख मा पनि ५४ जनाको उम्मेदवारी परेकोेछ ।

प्रतिक्रिया दिनुहोस्