अनलाइनबाट ठगी धन्दा गर्ने रामेछापका महते पक्राउ



१५ असोज, काठमाडौं ।
अनलाइन माध्यबाट ठगी धन्दा गर्दै आएका रामेछापका एक युवक पक्राउ परेका छन् । नेटवर्किङ व्यवसाय भन्दै अनलाइन माध्यमबाट ठगी गर्ने रामेछाप खाँडादेवी गाउँपालिका घर भएका विनोद महते पक्राउ परेका हुन् । उनीसँगै काभ्रे धुलिखेलका नवराज गौतम पनि पक्राउ परेका छन् ।
महानगरीय अपराध महाशाखाको टोलीले अनलाइनबाट ठगी धन्दा गरेको आरोपमा पक्राउ परेको छ । भारतको सिलीगुडीमा इजाजतविना नै सञ्चालनमा रहेको इम्पोरियम मार्केटिङसँग सम्पर्क गरी पिरामिड शैलीमा सदस्य बनाएर रकम पठाउन लगाई ठगी गरेको महाशाखाले बताएको छ । महाशाखाका अनुसार उनीहरुको साथबाट आईएमई र बैंक खातामा १ लाख २० हजार रुपैयाँ पठाउन लगाएर ठगी गरेको छ र पक्राउ परेका दुवै जनालाई कारबाहीका लागि वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागमा पठाएको महाशाखाले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्