रामेछाप प्रदेश ‘ख’ को सभापतिमा राजेश कुमार श्रेष्ठ विजयी



१५ असोज, रामेछाप ।
नेपाली कांग्रेसको प्रदेश क्षेत्रिय निर्वाचन अन्तर्गत प्रदेश ‘ख’को सभापतिमा राजेश कुमार श्रेष्ठ विजयी भएकाा छन् । जिल्ला निर्वाचन अधिकृत विष्णु लइँटेलले भर्खरै सम्पन्न मगतगणना अनुसार श्रेष्ठ विजयी भएको रामेछाप न्युजलाई बताए । श्रेष्ठले ४३१ मत प्राप्त गरेर विजयी भएका हुन् । त्यसैगरी उपसभापतिमा पूर्ण बहादुर सुवेदीले ४७९ मत र बाबुराम लामाले ३४२ मत प्राप्त गरेर विजयी भएका छन् । सचिवमा देव बहादुर थापाले ४११, अर्का सचिव षेभ बहादुर थापाले ३४४ मत ल्याएर विजयी भएका छन् । त्यसैगरी सहसचिवमाा टासी लामा ४६४ र सुन्दर घिमिरेले ३२८ मत प्राप्त गरेर विजयी भएको छन् ।

प्रतिक्रिया दिनुहोस्