कांग्रेस रामेछापको उपसभापतिमा कार्कीको उम्मेदवारी



१५ असोज, रामेछाप ।
नेपाली कांग्रेस रामेछापमा भोली १४ औं जिल्ला अधिवशेनमा उपसभापतिमा लेख बहादुर कार्कीले उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेस रामेछापका जिल्ला सचिव समेत रहेका कार्कीले उपसभापति पदको लागि उम्मेदवारी दर्ता गराएका हुन् ।

सचिव पदमा रहेर आफूले पार्टी निर्माणमा महत्वपूर्ण काम गरेको बताउदै कार्कीले उपसभापतिमा पनि जित्ने दावी गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्