रामेछापमा कांग्रेसको अधिवेशनः न्यौपाने, महत र कान्छाराम कसले मार्ला बाजी ?



१६ असोज, रामेछाप ।
नेपाली कांग्रेस रामेछापको १४ औ जिल्ला अधिवेशन अन्तर्गत अहिले जिल्ला सभापति पदाधिकारी र महाधिवेशन प्रतिनिधिहरुको लागि मतदान सुरु भएकाे छ  । जिल्ला सभापतिमा तीन जनाको उम्मेदवारी परेको छ । वर्तमान पार्टी सभापति लवश्री न्यौपाने, नेता कृष्ण महत र कान्छारा तामाङले उम्मेदवारी दिएका छन् । मतदान अहिले मन्थली माविमा जारी छ । चार वटा लाइन बनाएर अहिले मतदान  सुरु गरिएकाे जिल्ला निर्वाचन अधिकृत विष्णु लुइँटेलले रामेछाप न्युजलाइ जानकारी दिए ।

जिल्ला सभापति, पदाधिकारी, जिल्ला कार्यसमिति र महाधिवशेन प्रतिनिधि चयन गर्नको लागि १४ सय १३ जनाले मतदान गर्ने छन् । हिजो सम्पन्न कांग्रेसको प्रदेश क्षेत्रिय निर्वाचनमा सभापतिका उम्मेदवार कृष्ण महतको समुह उत्साहित भएको छ । प्रदेश ‘ख’मा राम्रो मत ल्याएर राकेश कुमार श्रेष्ठ सभापतिमा निर्वाचित भइसकेका छन् । त्यसैगरी प्रदेश ‘क’मा पनि थोरै मात्र मतले पछाडि परेको भन्दै महत समुह उत्साहित बनेको हो ।

कृष्ण महतलाई पूर्व पार्टी सभापति रामचन्द्र खड्का, नेता अर्जुन केसी, भरत चौलागाई लगायतको नेताहरुको साथ रहेको छ । त्यसैगरी लवश्री न्यौपानले पनि आफ्नो प्यान बनाएर सभापतिमा उम्मेदवारी दिएका हुन् । सभापतिमा न्यौपाने र महतकै बीचमा प्रतिस्पर्धा हुने बताइएको छ । यता कान्छारामले भने प्यानल नबनाएरै सभापतिमा उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्