केन्द्रीय महाधिवेशनको लागि रामेछाप कांग्रेसबाट २५ जना प्रतिनिधि निर्वाचित हुने



१६ असोज, रामेछाप ।
नेपाली कांग्रेस रामेछापको १४ औ अधिवेशन अन्तर्गत अहिले जिल्ला सभापति पदाधिकारी र केन्द्रीय केन्द्रीय महाधिवेशन चयनको लागि सदरमुकाम मन्थलीमा मतदान सुरु भएको छ । जिल्ला सभापतिसहित पदाधिकार र जिल्ला कार्यसमिति गरी ३९ जना र केन्द्रीय महाधिवेशन प्रतिनिधिको लागि २५ जना सदस्य चयनको लागि अहिले मतदान जारी छ । केन्द्रीय महाधिवेशन प्रतिनिधिहरुको आकांक्षी धेरै भएकाले निकै कडा प्रतिस्पर्धा हुने भएको छ । कांग्रेसमा केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन महत्वपूर्ण मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्