रामेछाप कांग्रेसको अधिवेशन: मतदान स्थलमा ढुंगा हानेपछि तनाब



१६ असोज, रामेछाप ।
नेपाली कांग्रेस रामेछापको अधिवेशन अन्तर्गत जारी मतदान स्थलको गेटमा ढुंगा हानेपछि तनाब भएको छ । दिउसो १ बजेदेखि जारी मतदानमा अहिलेसम्म ७ सय जनाले मतदान गरेका छन् । अझै सात सय भन्दा बढीले मतदान गर्न बाँकी रहेको छ । आधा मतदान भएपछि मतदान स्थल मन्थली माविको गेटमा पार्टीभित्रकै कार्यकर्ताहरुले ढुंगा प्रहार गरेपछि अहिले जिल्ला निर्वाचन अधिकृत विष्णु लुइँटेलले सभापतिको तीन जना उम्मेदवारहरुसँग संवाद गरिरहेका छन् । निर्वाचन अधिकृत लुइँटेलले केही तनाब सृजना भएपछि विवाद समाधानको लागि सभापतिको प्रत्यासीहरुसँग अहिले संवाद भइरहेको रामेछाप न्युजलाई बताए । उनले भने,‘सभापतिको तीन जना उम्मेदवार र सुरक्षा निकायसँग संवाद गरिरहेको छु, मतदान भने जारी छ ।’

प्रतिक्रिया दिनुहोस्