नेपाली कांग्रेस रामेछापको सभापतिमा कान्छाराम निर्वाचित



१८ असोज, रामेछाप ।
नेपाली कांग्रेसको १४ औ जिल्ला अधिवेशन अन्तर्गत जिल्ला सभापतिमा पूर्ण बहादुर तामाङ ‘कान्छाराम’ निर्वाचित भएका छन् । आइतवार सम्पन्न मतदानमा सभापतिका प्रतिस्पर्धी मध्ये कान्छारामले बढी मत ल्याएका थिए । उनले ५० प्रतिशत कटाउन थोरै मात्र मत नपुगेपछि पुनः निर्वाचन हुने तयारी गरिएको थियो ।

तर सहमति निर्माण भएसँगै पुनः मतदान नगरी सभापतिमा कान्छाराम निर्वाचित भएका छन् । हिजो भएको चुनावमा लवश्री न्यौपानेले ३५६ मत, अर्का प्रत्याशी कृष्णबहादुर महतले ३२८ मत र कान्छारामले ६६८ मत पाएका थिए । सभापतिका उम्मेदवारद्धय न्यौपाने र कान्छारामबीच सहमति जुटेसँगै कान्छाराम पहिलो पटक जिल्ला सभापतिमा निर्वाचित भएका छन् । हिजो सम्पन्न मतदानमा १३ सय ८८ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्