यी हुन रामेछाप कांग्रेसबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित २५ नेताहरु (नामावलीसहित)



१८ असोज, रामेछाप ।
नेपाली कांग्रेस रामेछापको १४ औं जिल्ला अधिवेशनबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिहरुको मतपरिणाम सार्वजनिक भएको छ । निर्वाचन भएको तीन दिनपछि आज मत परिणाम सार्वजनिक भएको हो । कांग्रेस रामेछापबाट महाधिवेशन प्रतिनिधि हुनेहरुमा रामचन्द्र खड्का, अर्जुन केसी, भरत प्रसाद चौलागाई, धुव्रहरि ढुंगेल, युवराज भट्टराई, रत्नहरि ढुंगेल, झपडराज भण्डारी, आङटावा शेर्पा, वीर बहादुर लामा रहनुभएको छ ।
त्यसैगरी खसआर्य पुरुषतर्फ केशव प्रसाद चालिसे, महेशकुमार कार्की, खस महिला तर्फ मिना कुमारी कार्की, जनजाति पुरुषतर्फ गेल्जे शेर्पा, नरबहादुर थापा मगर, जितेन्द्र मोक्तान, खुल्ला महिलातर्फ विनिता खड्का, गंगा अधिकारी, उषा कार्की, एन्जिला न्यौपाने, जनजाति महिलातर्फ कुमारी हायु, रामकुमारी डागइी, खमला थापामगर वा सुमित्रा मोक्तान, अल्पसंख्यकतर्फ शुक्र माझी, दलिततर्फ वलबहादुर परियार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्