नेपाली कांग्रेस रामेछापका नेता खत्रीको निधन,पार्टीले वेवास्था गरेकोमा परिवारले दुखायो मन



२० असोज, काठमाडौं ।
नेपाली कांग्रेस रामेछापका नेता मेघबहादुर खत्रीको निधन भएको छ । असोज ९ गते सुनापति गाउँपालिका–४ बेथान स्थति पानीघाटमा बोलेरो गाडी दुर्घटनामा परी घाइते भएका नेपाल शिक्षक संघका पूर्व केन्द्रीय सदस्य समेत रहेका खत्रीको उपचारको क्रममा आज निधन भउको हो । स्वर्गीय खत्री पार्टीको सुनापति गाउँपालिकामा हुने अधिवशेनमा भाग लिन जाने क्रममा दुर्घटनामा परी घाइते भएका थिए ।

सोही दुर्घटनामा परी घाइतने भएकी उनका छोरी शारदा खत्रीको उपचारको असाज १० गते धुलिखेल अस्पतालमा निधन भएको थियो । मेघबहादुर खत्रीको भने आज उपचारको क्रममा विएण्डी अस्पतालमाा निधन भएको  हाे ।  खत्रीको एक श्रीमती र तीन छोरा रहेका छन् । खत्रीले सुनापति गाउँपालिका–३ हिलेदेवी स्थित पशुपति माविमा लामो समय अध्ययपन समेत गराएका थिए ।

खत्रीको आजै पशुपति स्थित आर्यघाटमा अन्त्यष्टि गरिएको छ । उनको पार्थिक शरीरमा नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री मोहन बस्नेतले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धान्जली दिएका थिए । परिवारले भने लामो समय पार्टीको राजनीतिमा सक्रिय रहेर कठिन समयमा पनि पार्टी संगठन बचाउन लाग्दा पनि गम्भीर घाइते भएर अस्पतालमा रहदा पार्टीले वेवास्था गरेको गुनासो गरेको छ ।

क्षेत्रिय प्रतिनिधि रहेकी शारदा खत्रीको निधन हुँदा समेत कांग्रेसले सुनापति गाउँ अधिवेशन स्थगित नगरी अगाडि बढाएको थियो । आज मेघ बहादुर खत्रीको निधन हुँदा समेत रामेछापका कांग्रेसका नेताहरुको उपस्थिति न्युन देखिएको थियो । खत्रीको निधन हुँदा रामेछाप कांग्रेसले दुःख गरेर एउटा विज्ञप्ती समेत जारी गरेको छैन् । खत्रीको निधन हुँदा रामेछापमा भने रामेछाप कांग्रेसको पदाधिकारी र जिल्ला कार्यसमितिको मतदान जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्