रामेछापमा कांग्रेसलाई पहिलो पार्टी बनाउन भूमिका खेल्छुः कान्छाराम



२५ असोज, काठमाडौं ।
नेपाली कांग्रेस रामेछापका सभापति पूर्ण बहादुर तामाङ कान्छारामले जिल्लामा पार्टीलाई पहिलो नम्बरको बनाउने गरी कार्यक्रम सञ्चालन गर्ने बताएका छन् । उनले संगठनात्मक रुपमा जिल्लामा पार्टीको अवस्था बलियो रहेको बताउदै भएको संगठनलाई चलायमान र गतिशिल बनाउने गरी कार्यक्रम सञ्चालन गरिने बताएका हुन् ।

उनले भने,‘ आगामी तीनै तहको निर्वाचनमा पार्टीको पोजिसलाई बलियो बनाउने गरी काम गछौं ।’ लोकतान्त्रिक मुल्य मान्यता अनुसार पार्टी अगाडि बढने भएकाले निर्वाचनको क्रममा पार्टीभित्र कुनै पनि असन्तुष्टि नरहेको बताउदै तामाङले सबैलाई समेटेर अगाडि बढने बताए ।

रामेछाप जिल्लाको विकास निर्माणको काममा भूमिका खेल्दै आएको छु, सबैसँग मिलेर समन्वय गरेर अगाडि बढछौ, तामाङले भने । उनले आफूलाई अमुल्य मत दिएर निर्वाचित गराउने हुने पार्टीका प्रतिनिधिहरुलाई बधाई दिदै पार्टीभित्र योग्यता र क्षमता अनुसारको जिम्मेवारी दिएर अगाडि बढाउने आफ्नो योजना रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्