उपराष्ट्रपति पुन कार्तिक १ गते रामेछाप आउने



२६ असोज, काठमाडौं ।
उपराष्ट्रपति नन्दबहादुर पुन कात्र्तिक १ गते रामेछाप आउने भएका छन् । दोरम्बा शैलुङ गाउँपालिका स्थित गुरासेमा हुने उपराष्ट्रपति कप फुटबल कार्यक्रमको उदघाटन गर्न पुन रामेछाप आउने भएका हुन् । कार्तिक १ गते गुरासेमा हुने उपराष्ट्रपति कपको सम्पूर्ण तयारी पूरा भएको दोरम्बा शैलुङ गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले जानकारी दिए ।

यसैबीच मंगलवार उपराष्ट्रपति पुनलाई भेटेर रामेछापका नेताहरुले कार्यक्रममा सहभागी हुनको लागि औपचारिक आग्रह गरेका थिए । कार्यक्रममा सहभाागी हुनको लागि निमन्त्रणा दिन नेकपा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य देवशकंर पौडेल, नेकपा माओवादी केन्द्र रामेछापका इन्चार्ज युवराज चौलागाई, नेकपा एमालेका नेता ज्ञान कुमार श्रेष्ठ लगायतका नेताहरु पुनको निवास पुगेका थिए ।

उपराष्ट्रपति पुनका प्रेस संयोजक मनोज घर्तीमगरले कात्र्तिक १ गते पुन रामेछापको गुरासेमा हुने कार्यक्रममा सहभागी हुने तय भएको रामेछाप न्युजलाई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्