रामेछापमा चार दिनमा पैतिस हजार नागरिक भित्रिए



२८ असोज, रामेछाप ।
रामेछापमा चार दिनको अवधिमा मात्रै दशै मान्नको लागि पैतिस हजार भन्दा बढी नागरिक प्रवेश गरेका छन् । रामेछापको मुख्य नाका सेलेघाट, सित्खा लुभु लगायतका नाकाहरुबाट गरी तीस हजार भन्दा बढी नागरिक रामेछाप प्रवेश गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी नवराज ढुंगानाले पछिल्लो चार दिनको तथ्याङक अनुसार पैतिस हजार भन्दा बढी नागरिकहरु प्रवेश गरेको बताए । जिल्लाभित्र प्रवेश गर्ने हरेक सार्वजनिक सवारी साधनको चाकललाई सुरक्षित यात्रको लागि सम्झाउने बुझाउने काम समेत नियमित रुपमा भइरहेको रामेछाप न्युजलाई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्