रामेछापको विकासमा सबै मिलेर लाग्नु पर्छः नेता ढुंगेल



२८ असोज, रामेछाप ।
नेकपा एमाले रामेछापका जिल्ला ईन्चार्ज एवं बागमती प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले रामेछाप जिल्लाको विकासमा सबै पक्ष मिलेर अगाडि बढनु पर्ने बताएका छन् । उनले आफू मन्त्री हुँदा जिल्लाको विकासमा सक्दो प्रयास गरेको बताउदै सरकारले गरेको लगानीको अहिले धमाधम परिणाम देखा पर्न थालेको बताएका हुन् । नेता ढु्रगेलले भने,‘विकास निर्माणको काममा सबै पक्षबीच समन्वय र सहकार्यको खाँचो छ ।’

श्री खाँडादेवी प्रगतिशिल युवा समाजद्धारा आज खाँडादेवी गाउँपालिकास्थित प्रयागेश्वर माविमा आयोजित शुभकामना आदानप्रसाद एव सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको मौलिक चाडपर्वले एकताको पक्षलाई थप मजबुद्ध बनाउदै आएको बताए ।
समाजका अध्यक्ष राकेश श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमालेका नेता माधव ढुंगेल, बागमती प्रदेशका योजना आयोगका सदस्य ज्ञान कुमार श्रेष्ठ, नेपाली कांग्रेस रामेछापका केन्द्रीय महाधिवेशन प्रतिनिधि रत्नहरि ढुंगेल लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्