रामेछापमा बुहारीले ससुरालाई चिर्पटले हानेर टाउको फुटाई दिएपछि…..



३० असोज, रामेछाप ।
सुनापाति गाउँपालिका–३ हिलेदेवीस्थित नागसिवामा बुहारीले चिर्पटले हानेर ससुराको टाउको फुटाई दिएकी छिन् । घरायसी विवादको विषयलाई लिएर शुक्रवार विवाद हुँँदा रिसको आवेशमा बुहारीले चिर्पटले हानेर ससुराको टाउको फुटाइ दिएकी हुन् । ४४ बर्षिय बुहारी नाता पर्ने माया तामाङले ५६ बर्षिय ससुरा बच्चु तामाङलाई रिर्पटले हान्दा टाउकोमा गम्भीर चोट लागेको छ । घाइते भएका उनको जिल्लामा उपचार हुन नसकेपछि थप उपचारको लागि काठमाडौंको ट्रमा सेन्टर लगिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशकंर श्रेष्ठले रामेछाप न्युजलाई जानकारी दिए । उनका अनुसार चिर्पट प्रहार गर्ने बुहारीलाई नियन्त्रणमा लिएर घटनाको विषयमा अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्