रामेछापको लखनपुरमा ट्याक्सी दुर्घटना



३० असोज, रामेछाप ।
दोरम्बा शैलुङ गाउँपालिका–६ लखनपुरको पौवा भाङगरस्थित ट्याक्सी दुर्घटना भएको छ । काठमाडौंबाट दशै मान्न लखनपुरकै लप्सिबोटतर्फ जादै गरेकोे बा २ ज १२२५ नम्बरको टयाक्सी उकालोमा चढन नसक्दा दुर्घटना भएको हो । ट्याक्सीले उकालो चढन नसकेपछि चालकले ट्याक्सीमा रहेका यात्रुलाई झारेर उकालो कटाउने क्रममा दुर्घटना हुन पुगेको थियो । रित्तो टयाक्सी उकालो चढाउने क्रममा ब्रेक फेलभएपछि टयाक्सी दुर्घटनामा परेको थियो । ट्याक्सी दुर्घटना भएपछि चालक नेत्र बहादुर श्रेष्ठले हाम फालेर ज्यान बचाएका छन् ।

सडकबाट टयाक्सी करिब १ सय ३० मिटर तल खस्दा क्षतविक्षत भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशंकर श्रेष्ठले रामेछाप न्युजलाई जानकारी दिए । दोरम्बा शैलुङ गाउँपालिकाले सडकको स्तरउन्नतीको नाममा बार्षिक लाखौ रुपैयाँ बजेट विनियोजन गरेपनि सडकको अवस्थमा भने खासै परिवर्तन आउन सकेको छैन् । विगतमा निर्माण गरिएकै सडकको नाममा ठूलो बजेट खर्च हुँदै आएको छ । तर ग्रेड नमिलेको सडकको स्तरउन्नती गर्नेतर्फ भने गाउँपालिकाको ध्यान जान नसकेको गुनासो नागरिकले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्