नेपाली कांग्रेस रामेछापका सभापति कान्छाराम अस्पताल भर्ना



३१ असोज, रामेछाप ।
नेपाली कांग्रेस रामेछापका सभापति पूर्ण बहादुर तामाङ कान्छाराम अस्पताल भर्ना भएका छन् । केही दिनयता स्वास्थ्यमा समस्या भएपछि तामाङ अस्पताल भर्ना भएका हुन् । अस्पतालमा रहेका दीपेन्द्र खड्काले रामेछाप न्युजलाई दिएको जानकारी अनुसार केही दिनयता अस्वास्थ्य भएको कारण तामाङलाई आज अस्पताल भर्ना गरिएको हो । उनलाई टाउको दुख्ने र सुख्खा खोकी लागेको कारण अहिले नर्भिक अस्पतालमा भर्ना गरेर उपचार सुरु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्