रामेछाप–काठमाडौं चल्ने यातायातमा २३ प्रतिशतले भाडा बढयो, यस्तो छ नयाँ भाडादर



१ कार्तिक, काठमाडौं ।
बागमती प्रदेश सरकारले आजबाट लागू हुने गरी सार्वजनिक सवारी साधनको नयाँ भाडादर लागू गरेको छ । प्रदेश सरकारले प्रदेशभित्र चल्ने सार्वजनिक यातायातको भाडादर २८ प्रतिशत सम्मले बढेको छ ।

काठमाडौँ उपत्यकामा २८ र उपत्यका बाहिर २३ प्रतिशतले भाडा बढाएको छ । नयाँ भाडादर अनुसार अब काठमाडौँदेखि मन्थलीको भाडा ५१५ रुपैयाँ लाग्ने भएको छ । यसअघि काठमाडौंबाट मन्थलीसम्मको लागि ४१९ रुपैयाँ भाडा निर्धारण गरिएको थियो । काठमाडौंदेखि मन्थलीसम्म १४० किलोमिटर दुरी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्