कात्तिक ६ मा रामेछापको ६४ वटै वडामा एमालेको वडा अधिवेशन हुँदै



१कात्तिक, रामेछाप ।
नेकपा एमालेले कात्तिक ६ गते एकैपटक देशभरको सबै वडाको अधिवेशन गर्ने भएको छ । पूर्व निर्धारित कार्यतालिका अनुसार देशभरको सबै वडामा एकै पटक वडा अधिवेशन हुन लागेको हो । त्यसैगरी रामेछापको ६४ वटै वडामा पनि कात्तिक ६ गते वडा अधिवेशन हुने भएको छ । वडा अधिवेशनबाट एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुईजना उपपसचिव निर्वाचित हुनेछन् ।

आगामी मङ्सिर १० देखि १२ गतेसम्म १०औँ राष्ट्रिय महाधिवेशन तय गरेको एमालेले कात्तिकको पहिलो साता देशभरिका वडा र स्थानीय तहको अधिवेशन सम्पन्न गर्न लागेको हो । एमालेको असोज १५ देखि १७ गतेसम्म ललितपुरमा भएको पहिलो विधान महाधिवेशनबाट पारित विधानलाई प्रकाशनको तयारीसहित स्थानीय तहमा हुने अधिवेशनमा कायम हुने पदाधिकारी सङ्ख्या निर्धारण गरेको छ।
एमालेको यही कात्तिक ६ गते देशैभरिका छ हजार ७४५ वडा र कात्तिक ९ गते ७५३ स्थानीय तहमा अधिवेशन भई नयाँ नेतृत्व चयन हुने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्