रामेछापमा यात्रुसँग दोब्बर बढी भाडा असुल्ने चालकमाथि धमाधम कारवाही



१ कात्तिक, रामेछाप ।
रामेछापमा तोकिए भन्दा बढी भाडा लिने चालकमाथि जिल्ला प्रहरी कार्यालयले कारवाही सुरु गरेको छ । यात्रुले दिएको सूचनाको आधारमा दशैको अवधिमा मात्र आधा दर्जन सवारी साधनले लिएको दोब्बर भाडा प्रहरीले फिर्ता गराउन लगाएको हो ।

जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरीको संयुक्त टोलीले ठाउँठाउँमा सवारी साधनको चेकजाँच गर्दै आएको छ । आज मन्थलीमा यात्रुबहाक सवारी साधन चेकजाँग गर्ने क्रममा बा ३ ख ६३६५ नम्बरको बसले तोएिको भन्दा बढी भाडा लिएको पाइएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशकंर श्रेष्ठले चेकजाँच गर्ने क्रममा ७५५ भाडा लिनु पर्नेमामा चालकले १ हजार रुपैयाँ लिएको पाइएकाले कानुन अनुसार कारवाही गरिएको रामेछाप न्युजलाई बताए ।

उनका अनुसार बढी भाडा लिने चालक श्रीराम सिलवाललाई २ हजार रुपैयाँ जरिवाना गरिएको र यात्रुसँग लिएको बढी भाडा फिर्ता गराइएको छ । बढी भाडा लिने बसलाई यातायात व्यवस्था ऐन २०४९ को दफा १६० को २ (ख) ९६ बमिजिम जरिवाना गरिएको उनले बताए ।
त्यसैगरी प्रहरीले सेलेघाटमा चेकजाँच गर्ने क्रममा बा ५ ख ६५ नम्बरको बसले यात्रुसँग लिएको दोब्बर भाडा सम्बन्धित यात्रुलाई फिर्ता गराएर चालक प्रमकिरण शेर्पालाई कारवाही गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्