राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुंगेललाई हटाउने तयारी



१ कात्तिक, काठमाडौं ।
सरकारले राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेललाई हटाउने तयारी अगाडि बढाएको छ । उपाध्यक्ष ढुंगेलसँग सरकारले यसअघि नै कामप्रति असन्तुष्टि जनाउदै लिखित रुपमा स्पष्टिकरण सोधिसकेको छ । ढुंगेलले बुझाएको लिखित स्पष्टिकरण चित्तबुझ्दो नभएको भन्दै सरकारले उनलाई हटाउने तयारी अन्तिम चरणमा पुर्याएको छ ।

सरकारले केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको राजनीतिक नियुक्ति लिएकाहरुलाई धमाधम हटाउदै आएको छ । ढुंगेलले पाँच बर्ष युवा परिषद्को उपाध्यक्ष चलाएर पुनः दोस्रो पटक उपाध्यक्षमा नियुक्त भएका थिए । नेकपा एमालेकाका केन्द्रीय सदस्य समेत रहेका ढुंगेलको कार्यशैलीप्रति सरकारले असन्तुष्टि जनाउदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्