रामेछापमा गुडिरहेको बसमाथि आक्रमण गरी यात्रु घाइते बनाउने युवक पक्राउ



२ कात्तिक, रामेछाप ।
रामेछापमा गुडिरहेको यात्रुवहाक बसमाथि लुकेर ढुंगा प्रहार गरेर यात्रुलाई घाइते बनाउने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । आज बिहान करिब साढे ८ बजेको समयमा मन्थली नगरपालिका–.२ करमबोट भन्ने स्थानमा दोलखाबाट काठमाडौ तर्फ जादै गरेको बा ४ ख २००३ नम्बरको बसमा सडक भन्दा मािथ लुकेर ढुंगा प्रहार गर्ने फडिन्द्र न्यौपानेलाई जिल्ला प्रहरी कार्यालय रामेछापले पक्राउ गरेको हो ।

सुनसरी जिल्ला इटहरी नगरपालिका–१७ स्थाइ घर भई हाल रामेछाप मन्थलीमा बसोबास गर्दै आएका ३३ को फडिन्द्र न्यौपानेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ताा श्रीशकंर श्रेष्ठले रामेछाप न्युजलाई जानकारी दिए । उनका अनुसार ढुंगा प्रहार गर्दा अगाडीको शिसा पूर्ण रुपमा फुट्दा गाडीको बाँया तर्फ बस्ने दोलखा जिल्ला जिरी नगरपालिका–८ बस्ने वर्ष १० को बिसाल श्रेष्ठलाइ गाडीको शिसाले टाउकोमा गम्भीर चोट लागेको छ । ढुंगा प्रहर गर्ने न्यौपानेलाइ जिल्ला अदालत रामेछापबाट पक्राउ अनुमती लिई अपराधिक उवद्रो गर्न नहुने कसुरमा प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्