झम्क कँडेल एमालेमै, प्रदेश कमिटीको बैठकमा सहभागी



३ कात्तिक, कामठाडौं ।
नेकपा एकीकृत समाजवादीले केन्द्रीय सदस्य बनाएको नेकपा एमाले रामेछापका उप–सचिव अन्ततः एमालेमै रहने निर्णय गरेका छन् । उनले आफू मूलघरमै रहने बताउदै नेकपा एमाले बागमती प्रदेश कमिटीको बैठकमा सहभागीता जनाएका हुन् । नेकपा (एस)ले जिम्मेवारी तेकेर कँडेललाई केन्द्रीय सदस्य एवं रामेछापका सह–इन्चार्जको जिम्मेवारी तोकेको थियो । तर माधव नेपालले जिम्मेवारी तोकेको चार दिनपछि कँडेल एमालेले बोलाएको बैठकमा सहभागी भएका छन् ।

नेकपा एमाले रामेछापका जिल्ला इन्चार्ज कैलाश ढुंगेलले माधव नेपालको पार्टीले जबरजस्ती रुपमा कँडेललाई दिएको जिम्मेवारी अस्वीकार गरेर अहिले पार्टीको बैठकमा सहभागी भएको रामेछाप न्युजलाई जानकारी दिए । बुधबार काठमाडौँको राष्ट्रियसभा गृहमा भएको एमालेको बागमती प्रदेको अधिवेशन आयोजक कमिटीको बैठकमा कँडेल सहभागी रहेका छन् । कँडेलले यसअघि रामेछाप न्युजसँग एमालेमै रहने वा नेकपा (एस)मा जाने विषयमा दुई दिनभित्र निर्णय लिने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्