बाढी पहिरोका कारण मृत्यु हुनेको संख्या ७७ पुग्यो



३ कात्तिक, काठमाडौं ।
सोमवारदेखि परेको अविरल वर्षाका करण बाढी, पहिरो र डुबानबाट देशभर ७७ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयले बाढी पहिरो र डुबानबाट ७७ जनाको मृत्यु भएको बताएको हो । मन्त्रालयका अनुसार हालसम्म२६ जना बेपत्ता र २२ जना घाइते भएका छन् ।
गृह मन्त्रालयले सरकारले सम्पूर्ण सुरक्षा संयन्त्र परिचालन गरी विपद प्रभावितहरुको खोज, उद्दार र राहतको कार्य तीब्र रुपमा गरिरहेको बताएको छ । मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बुधबार साँझ विज्ञप्ती जारी गरी बझाङ, धनकुटा, इलाम, पाँचथरलगायतका जिल्लामा सेनाको हेलिकप्टरमार्फत घाइतेको उद्दार र राहत सामग्री ढुवानी गरिएको जनाएका छन् ।
खोज तथा उद्दार र राहतको कामलाई प्रभावकारी बनाउन सेनाका हेलिकप्टरका साथै आवश्यकताअनुसार निजी क्षेत्रको हेलिकप्टर पनि प्रयोग गर्ने व्यवस्था मिलाइएको मन्त्रालयले बताएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्