रामेछापमा आफन्तबाटै महिला बलत्कृत, युवक प्रहरी नियन्त्रणमा



४ कात्तिक, रामेछाप ।
रामेछापमा आफ्नै परिवारको सदस्यबाट एक महिनामाथि जबरजस्ती करणी भएको घटना बाहिरिएको छ । पीडित महिलाले आफूमाथि जबरजस्ती करणी भएको भन्दै जिल्ला प्रहरी कार्यालय रामेछापमा दिएको किटानी जाहेरीको आधारमा आज ती युवकलाई पक्राउ गरिएको हो ।
उमाकुण्ड गाउँपालिका–१ गुम्देल स्थित मझुवा खोलामा घर जाने क्रममा २२ बर्षिय युवक युवराज (नाम परिवर्तन)ले साँझको समयमा जंगलमा केही नभएको मौका छोपेर जबरजस्ती करणी गरेको किटानी जाहेरी पीडित महिलाले प्रहरी समक्ष दिएकी छिन् । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशकंर श्रेष्ठले हाडतानाभित्रको घटना भएको बताउदै पक्राउ गरिएका युवकमाथि अनुसन्धान सुरु भएको रामेछाप न्युजलाई बताए ।

प्रतिक्रिया दिनुहोस्