सहकारी र घर फोडेर लाखौ चोर्ने रामेछापका थापामगर पक्राउ



५ कात्तिक, काठमाडौं ।
सहकारी तथा घर फोडेर लाखौ रुपैयाँ चोर्न रामेछापका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । संगठित रुपमा घर तथा सहकारी फोडेर चोरी गर्दै आएका रामेछाप दोरम्बा गाउँपालिकाका ३१ बर्षिय कमल थापामगरलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले काठमाडौं उपत्यकामा घर तथा सहकारी संस्थाहरुमा चोरी गरेको आरोपमा महानगरीय अपराध महाशाखाको टोलीले यसरी चोरीमा संलग्न थापामगर पक्राउ गरेको छ ।
मगरले सितापाइलास्थित निर्मल गिरीको घरबाट तीन लाख ५८ हजार नगद, सोही स्थानका विश्वनाथ खनालको घरबाट ३ लाख १० हजार, सीतापाइलाकै कृष्ण लामाको घरबाट ४ लाख ३० हजार, मुलपानीस्थित देवी बचत तथा ऋण सहकारीबाट २ लाख, कोटेश्वरस्थित हिलटप सहकारी संस्थाबाट १ लाख ३७ हजार ५ सय बराबरको धनमाल, स्वयम्भूस्थित रुपेश गलानको घरबाट ४ लाख ८० हजारको धनमाल,कागेश्वरीको दिदी सहकारीबाट २ लाख १० हजार चोरी गरेको स्वीकार गरेको प्रहरीले बताएको छ । प्रहरीले कात्तिक ४ गते कोटेश्वरबाट पक्राउ परेका मगरलाई महानगरीय प्रहरी परिसर काठमाडौ पठाएको महाशाखाले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्