नेकपा एकीकृत समाजवादी रामेछापको पहिलो जिल्ला कमिटी बैठक सुरु (फोटोफिचर)



६ कात्तिक, रामेछाप ।
नेकपा एकीकृत समाजवादी रामेछापको पहिलो जिल्ला कमिटीको बैठक सुरु भएको छ । नेकपा एमालेले आज जिल्लाको ६४ वटै वडामा वडा अधिवेशन गरिरहदा एमालेबाट विभाजित भएर बनेको नेकपा (एस)को पहिलो जिल्ला कमिटीको बैठक मन्थलीमा सुरु भएको हो । रामेछापमा संगठन विस्तारको अभियानमा जुटेको उक्त पार्टीले जिल्ला कमिटीको बैठक मार्फत थप निर्णय गरेर अगाडि बढने नीति लिएको छ । नेकपा (एस) रामेछापका जिल्ला अध्यक्ष रमेश बस्नेतले पार्टीलाई थप प्रभावकारी रुपमा जनताको बीचमा लैजानको लागि बैठकले निर्णय गर्ने रामेछाप न्युजलाई बताए ।
जिल्ला कमिटीको बैठकमा पार्टीका जिल्ला इन्चार्ज एवं पोलिटब्यूरो सदस्य देवशकंर पौडेल, नेता होम बुढाथोकी लगायतका नेताहरुको सहभागीता रहेको छ । नेकपा (एस) रामेछापको जिल्ला कमिटीको संख्या १ सय ३५ सदस्यीय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्