यी हुन एमाले उमाकुण्ड गाउँ कमिटीकाका ७ वटा वडाका नयाँ अध्यक्षहरु (नामसहित)



६ कात्तिक, रामेछाप ।
नेकपा एमाले उमाकुण्ड गाउँकमिटीको सात वटै वडामा वडा अधिवेशन सम्पन्न भएको छ । सात वटै वडामा सर्वसम्मत रुपमा अध्यक्ष, पदाधिकारी र कार्यसमिति चयन गरिएको हो । नेकपा एमालेका नेता एवं उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेर बहादुर सुनुवारले एमाले वडा नम्बर ५ प्रितिमा आयोजित वडा अधिवेशनको उदघाटन गरेका थिए । उमाकुण्ड गाउँपालिका–१ गुम्देलको वडा कमिटीका अध्यक्षमा ङातिडु शेर्पा, वडा नम्बर २ बाम्तीको वडा कमिटी अध्यक्षमा नगरेन्द्र बस्नेत निर्वाचित भएका छन् ।
त्यसैगरी वडा नम्बर ३ कुभुकास्थलीको वडा कमिटीको अध्यक्षमा नविन थापा, वडा नम्बर ४ प्रितिको वडा कमिटीको अध्यक्षमो अम्बर बहादुर कार्की, वडा नम्बर ५ प्रितिको वडा कमिटीको अध्यक्षमा सोमबहादुर तामाङ , वडा नम्बर ६ गुप्तेश्वर वडा कमिटीको अध्यक्षमा चन्द्र कुमार सुनुवार र वडा नम्बर ७ वडा कमिटीको अध्यक्षमा लोक बहादुर सुनुवार निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्