एमाले सुनापति गाउँपालिकाका ५ वटा वडाका यी हुन नयाँ अध्यक्ष र सचिवहरु (नामसहित)



७ कात्तिक, रामेछाप ।
नेकपा एमाले सुनापति गाउँ कमिटीको पाँच वटै वडामा वडा अधिवेशन सम्पन्न भएको छ । सर्वसम्मत रुपमा पाँच वटै वडाको अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो । एमाले सुनापति गाउँपालिका वडा नम्बर १ को वडा कमिटीको अध्यक्षमा टिका थापामगर र सचिवमा देवराज तिमल्सिना चयन भएका छन् ।

वडा नम्बर २ दिमीपोखरीको वडा कमिटीको अध्यक्षमा दल बहादुर घिसिङ र सचिवमा छेवाङ योञ्जन निर्वाचित भएका छन् । त्यसैगरी वडा नम्बर ३ हिलेदेवीको वडा कमिटीको अध्यक्षम धु्रब खड्का र सचिवमाा गोविन्द तामाङ, वडा नम्बर ४ बेथानको वडा कमिटीको अध्यक्षमा सन्देश कुमार खड्का र सचिवमा दिनेश केसी र वडा नम्बर ५ खनियापानी वडा कमिटीको अध्यक्षमा प्रमोद खड्का र सचिवमा रिजन लामा निर्वाचित भएका छन् । निर्वाचित वडा कमिटीमा अध्यक्ष पदाधिकारी र सदस्यसहित ३१ सदस्यीय रहेका छ ।

प्रतिक्रिया दिनुहोस्