एमाले उमाकुण्ड गाउँ कमिटीको अ्रध्यक्षमा नेवार, यी हुन नयाँ पदाधिकारी



९ कात्तिक, रामेछाप ।
नेकपा एमाले उमाकुण्ड गाउँकमिटीको अधिवेशन सम्पन्न भएको छ । मंगलबार सम्पन्न अधिवेशनले रुद्रमणि नेवारलाई अध्यक्ष बनाउने निर्णय गरेको हो । अधिवेशनले गाउँकमिटीका उपाध्यक्षमा छिरी लामा, सचिवमा चन्द्र खाती, उपसचिवमा पबित्रा कार्की र पुर्ण प्रसाद गुरागाइलाई चयन भएका छन् । नेकपा एमालेका नेता एवं उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेर बहादुर सुनुवारले सर्वस्म्मत रुपमा पालिकाको नेतृत्व चयन गरिएको रामेछाप न्युजलाई जानकारी दिए । उनका अनुसार अधिवेशनले ६१ सदस्यीय पालिका कमिटीका सदस्यहरु समेत सर्वस्म्मत रुपमा चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्