एमाले रामेछाप नगरपालिकाको अध्यक्षमा पाख्रिन



९ कात्तिक, राामेछाप ।
नेकपा एमाले रामेछाप नगरपालिकाको अध्यक्षमा रोशन पाख्रिन सर्वसम्मत रुपमा निर्वाचित भएका छन् । आज भएको अधिवेशनबाट पाख्रिन अध्यक्षमा निर्वाचित भएका हुन् । लामो समय राजनीतिसँगै सामाजिक कार्यमा संलग्न हुँदै आएका नवनिर्वाचित अध्यक्ष जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका छन् ।

कोभिड–१९ को महामारीको समयमा नागरिकको जीवन बनाउने कार्यमा पाख्रिनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट र पीसीआर ल्याब स्थापना गर्ने कार्यमा पनि पाख्रिनले भूमिका खेलेका थिए । अधिवेशनले अध्यक्षमा पाख्रिनलाई चयन गरेपनि बाँकी पदाधिकारी चयन गर्ने विषयमा अहिले छलफल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्