बार एशोसिएसशनभित्रै वकिलबीच मुक्का हानाहान



१२ कात्तिक, काठमाडौं ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणाको विषयलाई लिएर नेपाल बार एशोसिएसशनको भवन परिसरमा दुई जना वकिलबीच मुक्का हानाहान भएको छ । अधिवक्ता भूमिनन्द चुँडालले इजलास चल्नुपर्ने राय राखेर मिडियामा आफ्नो भनाई राखिरहेको बेलामा अर्का अधिवक्ता विराट न्यौपानेले उनीमाथि एक्कासी मुक्का प्रहार गरेका हुन् । कुटाई खाएका अधिवक्ता चुँडालले भने आफू कानूनी उपचारमा जाने बताईसकेका छन् ।

पछिल्लो समय प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर बारले आन्दोलन गर्ने चेतावनी दिएको छ। न्यायाधीशहरुले पनि इजलास बहिष्कार गर्दै आएका छन्। तर, कानून व्यवसायीहरु प्रधानन्यायाधीश जबराको राजीनामाको पक्ष र विपक्षमा उभिएका छन् ।

प्रतिक्रिया दिनुहोस्