नेपाल अग्नि निवारक संघको अध्यक्षमा रामेछापका खड्का निर्वाचित



१४ कात्तिक, काठमाडौं ।
नेपाल उद्दार तथा अग्नि निवारक संघको अध्यक्षमा रामेछापका माधव खड्का निर्वाचित भएका छन् । काठमाडौंमा सम्पन्न १० औं साधारण सभा मार्फत खड्का सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् ।

साधारण सभाले खड्काको नेतृत्वमाा ११ सदस्यीय कार्यसमित पनि गठन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा सुनिल चापागाईं, महासचिवमा नवराज भुषाल, कोषाध्यक्षमा राजेन्द्र सापकोटा, सचिवमा मधुसुधन थापा, सदस्यहरुमा सुनिल गिरी, रमत काजी महर्जन, संन्दिप गाौतम, विकास थापा, सुरज नगरकोटी र सोनी फाजु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्