रामेछापमा नेकपा एकीकृत समाजवादीलाई पहिलो पार्टी बनाउछौः इन्चार्ज पौडेल



१५ कात्तिक, रामेछाप ।
नेकपा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य एवं रामेछापका जिल्ला इन्चार्ज देवशकंर पौडेलले रामेछापमा पार्टीलाई मजबुद्ध बनाएर अगाडि बढने बताएका छन् । उनले पार्टीलाई जिल्लाको ८ वटा स्थानीय तहको ६४ वटै वडामा विस्तार गर्ने अभियान अगाडि बढेको बताउदै बलियो र मजबुद्ध पार्टी बनाउने कार्यक्रम अगाडि बढाइएको बताएका हुन् ।
रामेछाप न्युजसँग कुराकानी गर्दै इन्चार्ज ढुंगेलले भने,‘हामीले संख्यामा भन्दा पार्टी आन्दोलनप्रति प्रतिबद्ध पार्टी निर्माण गर्न खोजेका छौ, अहिले हाम्रो पार्टीमा आकर्षण बढदै गएको छ ।’ अहिले एमालेबाट विद्रोह गरेर आफूहरुको पार्टीमा आउने क्रम रहेको बताउदै पौडेलले यो संख्या अझै बढदै जाने दावी गरे ।

प्रतिक्रिया दिनुहोस्