बलियो उम्मेदवारले टिकट लिए संघ र प्रदेशको चुनाव नलडने सभापति कान्छारामको घोषणा



१६ कात्तिक, रामेछाप ।
नेपाली कांग्रेस रामेछापका सभापति पूर्ण बहादुर तामाङ कान्छारामले आगामी संघ र प्रदेशको निर्वाचनमा आफू भन्दा बलियो उम्मेदवारले टिकट पाए आफू पाटीलाई जिताउन लागि पर्ने बताएका छन् । उनले रामेछापमा पार्टीलाई बलियो बनाउन लागि परेको बताउदै आगामी तीनै तहको निर्वाचन जिताउने गरी अभियान सञ्चालन गरिने बताएका हुन् ।

रामेछाप न्युजसँग कुराकानी गर्दै सभापति तामाङले भने,‘चुनाव जित्ने गरी म मन्दा माथिका नेताहरुले टिकट लिएर आएको अवस्थामा संघ र प्रदेशको चुनाव लडदिन, पार्टीलाई जिताउन लाग्छु ।’ उनले पार्टीलाई एकढिका बनाएर अगाडि बढने बताउदै उनले अब निर्वाचन केन्द्रीत कार्यक्रम गाउँगाउँमा बनाएर अगाडि बढने बताए । सभापति तामाङले जिल्लाको ८ स्थानीय तह र ६४ वटै वडामा पार्टीलाई विजयी गराउने गरी पार्टीलाई परिचालन गर्ने दावी गरे ।

प्रतिक्रिया दिनुहोस्