रामेछापमा राती ८ बजेपछि देउसी भलौ खेले कारवाही हुने (विज्ञप्तीसहित)



१७ कात्तिक, रामेछाप ।

जिल्ला प्रशासन कार्यालय रामेछापले कोभिड–१९ को जोखिम कायमै रहेको बताउदै राती ८ बजेपछि देउसी भैलो नखेल्न आग्रह गरेको छ । स्वास्थ्य मापदण्ड पालना गरेर मात्र देउसी भैलो खेल्न आग्रह गर्दै प्रशासनले ८ बजेपछि देउसी भैलो खेले कारवाही गर्ने चेतावनी दिएको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी दीपक कुमार पहाडीद्धारा जारी विज्ञप्तीमा देउसी भैलो खेल्ने कार्यक्रम अन्तर्गत विभिन्न समाजिक संघ संस्था र व्यवसायीहरुबाट चन्दा रकम नउठाउन चेतावनी दिइएको छ । विज्ञप्तीमा चाडपर्वमा जुवा तास खेलेको पाइएमा कडा भन्दा कडा कारवाही गरिने पनि जानकारी गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्
HGiL6o, f8Le2HhnZ, GAd1hvTdD7sSGG, AyBMo2lFhfEx, xzo5Eie83IL, 9zJT, YW26cP1XD, FNAi1pu, S3i18DA3uFyGz