रामेछापका ४ हजार ८ सय ९० जनाले १० हजार पाउने, कुन स्थानीय तहमा कति ?



१७ कात्तिक, काठमाडौं ।
रामेछापको ८ स्थानीय तहका ४ हजार ८ सय ९० जनाले दस हजार पाउने भएका छन् । कोरोना भाइरस कोभिड–१९ महामारीबाट प्रभावित भएका रामेछापका ४ हजार ८ सय ९० अतिविपन्न घर परिवारले नगद १० हजार पाउने भएका ुहन् । सरकारले आर्थिक वर्ष २०७८/ ०७९ को बजेटमार्फत् घोषणा गरेको विपन्न परिवारलाई १० हजार नगद प्रदान गर्ने कार्यविधि राजपत्रमा प्रकाशन भएसँगै रामेछापका कोरोना प्रभावित व्यक्तिहरुले पनि दस हजार नगद पाउने भएका छन् । सबैभन्दा धेरै मन्थली नगरपालिकाका १ हजार ८२ परिवार र सबैभन्दा कम उमाकुण्ड गाउँपालिकाका ३ सय ८१ घरपरिवारले राहत स्वरुप उक्त रकम पाउने भएका छन् ।

सरकारले विगतमा गर्दै आएको रोजगारी पूर्ण रुपमा गुमाएको र रोजगारीको अर्को अवसरसमेत प्राप्त गर्न नसकी बेरोजगार भएको असङ्गठित क्षेत्रका मजुर जस्तै– खुल्ला सडक, फुटपाथ, चौरमा खर्पन, नाङ्लो, डोकोम सामान बेच्ने अति विपन्न व्यवसायी, दैनिक ज्यालादारी भरिया, कृषि मजदुर, गोठाला, खेताला, ज्यालादारी श्रमिक, रिक्सा चालक, ठेलागाडा मजदुर, सार्वजनिक यातायात मदजुर, पर्यटक भरिया र कोभिडको संक्रमको कारणबाट एका घरपरिवारको आयआर्जन गर्ने मुख्य सदस्यको मृत्यु भई आर्थिक संकट झेल्नु परेको परिवार तथा अभिभावक गुमाएका असहाय नाबाकिलाई स्याहार गर्ने परिवारलाई सो रकम प्रदान गर्ने भएको छ ।

हेर्नुहोस कुन स्थानीय तहबाट कतिले पाउछन ?

प्रतिक्रिया दिनुहोस्