भक्तपुरमा सवारी दुर्घटनाः रामेछापका तामाङको मृत्यु



१९ कात्तिक, काठमाडौं ।
भक्तपुरमा भएको सवारी दुर्घटनामा परी रामेछापका एक युवकको मृत्यु भएको छ । गुडिरहेको स्कुटर अनियन्त्रित भइ दुर्घटना हुदाँ रामेछाप लिुखतामाकोसी गाउँपालिका–६ का ३५ वर्षीय राजकुमार तामाङको मृत्यु भएको हो । मध्यपुरथिमि नगरपालिका धुन्चेपाखाबाट थिमि आउँदै गरेको बागमती प्रदेश०२–०१६प ३४३६ नं को स्कुटर मध्यपुरथिमि नगरपालिका–८ बोडे तीनदोबाटोमा दुर्घटना हुँदा तामाङको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए ।

गिरीका अनुसार दुर्घटनामा घाइते भएका तामाङको उपचारका लागि नेपाल–कोरियामैत्री नगरपालिका अस्पताल लैजने क्रममा बाटोमै मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्