रामेछापको भँगेरीमा कम्युनिष्टको संग्राहलय बनाउनु पर्छः माधव नेपाल



१९ कात्तिक, काठमाडौं ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको जन्मभूमि रामेछापको भँगेरीमा कम्युनिष्टको संग्राहलय निर्माण गर्नुपर्ने बताएका छन् । रामेछापमा पुष्पलाल पार्क बन्ने प्रक्रियामा रहेको बताउदै भँगेरीलाई देशभित्रका मात्रै नभई विदेशीलाई पनि संग्राहालय बनाएर कम्युनिष्टको बारेमा जानकारी दिनुपर्ने बताएका हुन् । रामेछाप तीनलालको जिल्लाको रुपमा चर्चित रहेको स्मरण गर्दै अध्यक्ष नेपालले भंगेरीमा ठूलो पार्क बनाउने पहल भइरहको र रामेछापको भँगेरीमा संग्राहालय बनाएर कम्युनिष्टको सम्पूर्ण इतिहास दिन सकिने बताए ।

शुक्रबार नेकपा एकीकृत समाजवादी पार्टीको रामेछाप–काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित देउसी भैलो कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नेपालले अध्ययन गर्ने, खोज, अनुसन्धान गर्ने र जानकारी लिन चाहनेहरुलाई यो महत्वपूर्ण थलोको रुपमा विकास गर्न सकिने बताए ।
सरकारले राणाविरुद्धको प्रजातान्त्रिक आन्दोलनका सहिद गंगालाल श्रेष्ठ र पुष्पलाल श्रेष्ठको सम्झनामा रामेछापमा स्मृति पार्क निर्माण हुने प्रक्रियामा रहेको छ । पार्कको डिपिआर तयार भइसकेको छ । शहरी विकास मन्त्रालय अन्तर्गत रहेको सहरी विकास तथा भवन निर्माण विभागले पुष्पलाल पार्क निर्माणको गर्ने प्रक्रिया अगाडि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्