रामेछापमा ६३ बर्षिय महिला बलात्कृत, पीडित महिलाको अस्पतालमा उपचार हुँदै



१९ कात्तिक, रामेछाप ।
रामेछापमा ६३ बर्षिय एक महिलामाथि जबरजस्ती करणी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । खाँडादेवी गाउँपालिका–१ राकाथुममा घरमा कोही नभएको मौका छोपेर जबरजस्ती करणी गर्ने ४१ बर्षिय पुरुषलाई प्रहरीले पक्राउ गरेको हो ।

दुई दिनअघि रुपन्देही सूर्यपूरा गाउँपालिका–८ स्थायी घर भई राकाथुम स्थित एक कृषि फर्ममा काम गर्ने कृष्ण बिकले ती महिलामाथि जबरजस्ती करणी गरेपछि पीडित महिलाको अत्याधिक रक्तश्राप भएको थियो । गाउँमा उपचार हुन नसकेपछि उनललाई थप उपचारको लागि काठमाडौंको केएमसी अस्पताल भर्ना गरिएको थियो ।

अत्याधिक रक्तश्रापको बारेमा डाक्टरले साेधेपछि त्यति बेला मात्र पीडित महिलाले आफूमाथि जबरजस्ती करणी भएको खुलासा गरेकी थिइन । पीडित महिलाले दिएको प्रारम्भिक सूचनाको आधारमा जबरजस्ती करणीमा संलग्न बिकलाई जिल्ला प्रहरी कार्यालय रामेछापले पक्राउ गरेको छ । पक्राउ परेका बिकले आफूले ती महिलामाथि जबरजस्ती करणी गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी नवराज ढुंगानाले पीडित महिलाले दिएको सूचनाको आधारमा घटनामा संलग्न बिकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको रामेछाप न्युजलाई बताए । उनका अनुसार पीडितको छोराले प्रहरी समक्ष किटानी जाहेरी समेत आज दर्ता गराइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्