भाइटिका लगाएर घर फर्किदा मन्थली क्याम्पसका पूर्व सहायक प्राध्यापक काफ्लेको दुर्घटनामा मृत्यु



२१ कात्तिक, काठमाडौं ।
तिहारमा भाइटिका लगाएर घर फर्कने क्रममा मोटरसाइकल दुर्घटनामा परी मन्थली शहीद स्मृति बहुमुखी क्याम्पसका पूर्व सहायक क्याम्पस प्रमुख सुशिल काफ्लेको मृत्यु भएको छ । सर्लाहीको बागमती नगरपालिका–१२ स्थित सडकमा स. १० प ४०७९ नम्बरको मोटरसाइकल र बा.५५ प १५७८ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार राति दुर्घटना हुँदा स .१० प ४०७९ नम्बरको मोटरसाइकलमा सवार चन्द्रपुर नगरपालिका–४ का ४० वर्षीय सुशिल काफ्लेको मृत्यु भएको हो ।

प्रहरीले दुर्घटनामा गम्भीर घाइते भएका काफ्लेको कर्मैया मोडेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बताएको छ । प्रहरीका अुनसार साथै दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकलमा सवार अन्य ३ जनाको कर्मैया मोडेल अस्पतालमा उपचार भइरहेको छ ।

काफ्लेले मन्थलीको शहीद बहुमुखी क्याम्पसमा सहायक प्राध्यापक भएर चार बर्ष अध्यापन गराएका थिए । सोही क्रममा उनले नेपाल विद्युत प्राधिकरणमा नाम निकाल्न सफल भएपछि मन्थली क्याम्पसबाट विदा भएका थिए ।

प्रतिक्रिया दिनुहोस्