रामेछापमा ६३ बर्षिय महिलामाथि बलात्कारको आरोपमा पक्राउ परेका विकमाथि १० दिन म्याद थप



२३ कात्तिक, रामेछाप ।
रामेछाप खाँडादेवी गाउँपालिका–१ राकाथुममा ६३ बर्षिय एक महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका रुपन्देही सूर्यपूरा गाउँपालिका–८ स्थायी घर भई राकाथुम स्थित एक कृषि फर्ममा काम गर्ने कृष्ण बिकमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । अनुसन्धान लागि भन्दै जिल्ला प्रहरी कार्यालय रामेछापले अदालतबाट दस दिन म्याद थप गरेको छ ।

जबरजस्ती करणी गरेपछि पीडित पीडित महिलाको अत्याधिक रक्तश्राप भएको थियो । गाउँमा उपचार हुन नसकेपछि उनललाई थप उपचारको लागि काठमाडौंको थियो । पीडित महिलाको अवस्था अहिले खतरामुक्त रहेको बताइएको छ । पीडित महिलाले दिएको प्रारम्भिक सूचनाको आधारमा जबरजस्तीकरणीमा संलग्न बिकलाई जिल्ला प्रहरी कार्यालय रामेछापले पक्राउ गरेको थियो । पीडित परिवारले प्रहरी समक्ष किटानी जाहेरी समेत दर्ता गराइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्