एमाले रामेछापको लिखुतामाकोसी गाउँ कमिटीको अध्यक्षमा तामाङ, सचिवमा बोहोरा



२६ कात्तिक, रामेछाप ।
नेकपा एमाले लिखुतामाकोसी गाउँ कमिटीको निर्वाचन सम्पन्न भएको छ । एमाले लिखुतामाकोसी गाउँ कमिटीको अधिवेशनले सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरेको हो । यसअघि सहमति हुन नसक्दा निर्वाचन हुने मिति तय भएपनि जिल्ला इन्चार्ज कैलाश ढुंगेलको पहलमा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको छ । अधिवेशनबाट लिखुतामाकोसी गाउँ कमिटीको इन्चार्जमा दुर्गा श्रेष्ठ चयन भएका छन् ।

त्यसैगरी गाउँ कमिटीको अध्यक्षमा भिम तामाङ, उपाध्यक्षमा केशर पौडेल, सचिवमा सुवास बोहोरा, उपसचिवद्धयमा लिला बहादुर बस्नेत र निङमार तामाङ चयन भएका छन् । अधिवेशनले ७५ सदस्यीय कमिटी गाउँ कमिटीका सदस्य पनि चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्