उमाकुण्ड गाउँपालिकाभित्र विद्युतीकरणको काम अन्तिम चरणमा



२७ कात्तिक, रामेछाप ।
उमाकुण्ड गाउँपालिकाभित्र विद्युतीकरणको काम अन्तिम चरणमा पुगेको छ । नेपाल विद्युत प्राधिकरणले एडिबीको सहयोगमा गाउँपालिकाभित्र विद्युतीकरणको काम अगाडि बढाएको थियो । कोभिडको कारण केही समय काम प्रभावित भएको गाउँपालिकाको वडा नम्बर १ गुम्देल र वडा नम्बर ६ गुप्तेश्वरमा हाल विद्युतीकरणको काम धमाधम अगाडि बढिरहेको छ ।

उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेर बहादुर सुनुवारले निर्वाचनमा गरेको प्रतिबद्धता अनुसार विद्युतीकरणको काम अन्तिम चरणमा पुगेको बताए । उनले रामेछाप न्युजसँग भने,‘गाउँपालिकाको असी प्रतिशत क्षेत्रमा विद्युतीकरण भइसकेको छ, बाँकी वीस प्रतिशत काम पनि छिट्टै सम्पन्न गराउन पहल गरिरहेका छौं ।’

प्रतिक्रिया दिनुहोस्